२०७६ असोज २८ गते मंगलबारको तपाईको राशिफल


२८ आश्विन २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन शुभकार्यको चर्चा चल्ने छ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईने छ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । शत्रुमाथि विजय मिल्ने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्ने छ । जोश जाँगर र हिम्मत वढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिना प्रतिष्पर्धा फाइदा हुने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी पनि भईएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा समस्या आउने छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र पनि कमजोर रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मन खिन्न हुने स्थिति आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता पनि बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । समाज सेवामा मन लाग्ने छ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७