रवि लामिछानेको पक्षमा उच्च अदालत हेटौँडाको आदेश


३० आश्विन २०७६, बिहीबार
rabi lamichhane 1

हेटौँडा, ३० असोज । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटमाथि बिहीबार उच्च अदालत  हेटौँडा इजलासलका न्यायाधीशद्वय चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो।

तर, चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने चितवनको आदेश भने बदर भएको छ। योबाहेक अन्य सबै आदेश सदर भएको रजिष्ट्रार श्रेष्ठले बताएका हुन्।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यक्रम प्रस्तोता लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए।

यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए ।

आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।

आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता लामिछने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले अदालतमा रिट दायर गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७