सिद्धार्थ बैंक एजीएमः १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने


७ कार्तिक २०७६, बिहीबार
AGM 2 JtdF8SmcD0

काठमाडौं,७ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४०को १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

AGM 3 z9GLLIkPfR

त्यसैगरी सभाले १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रदान गर्ने लगायतको प्रस्ताव पारित गरेको छ ।

२०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने ११३ अर्ब कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७