२०७६ कार्तिक १० गते आइतबारको तपाईको राशिफल


१० कार्तिक २०७६, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, तथा समाज सेवामा मन लाग्ने छ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्ने छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुटाउने समय छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । शत्रु पराजित हुनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७