सिद्धार्थ बैंकको एकसाथ चार नँया शाखा संचालन


१६ कार्तिक २०७६, शनिबार
1531745643sidhartha

काठमाडौं, १५ कात्तिक । सिद्धार्थ बैंकले कार्तिक १५ गते शुक्रबार काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।


शाखा मार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७