नेपाल एयरलाइन्सलाई सुधार्नुको विकल्प छैन् : मन्त्री भट्टराई


२७ कार्तिक २०७६, बुधबार
yogesh bhattrai

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार गरेर राष्ट्रिय ध्वजा बाहकलाई माथी उठाउनुको विकल्प नभएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उनले निगमलाई सुधार गर्न नसके र अहिलेकै अवस्थामा रहे  निगम बन्द गर्दा हुने बताउँदै सुधार्नुको विकल्प नरहेको बताएको हो ।

 निगमलाई सुधार गर्नका लागि पर्यटनमन्त्रालयले बनाएको समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय ध्वजा बाहकको सुधार कार्य अघि बढाउने उनले बताए ।

उनले रणनीतिक साँझेदार भित्र्याउने, व्यवस्थापन करारमा दिने लगायतका विकल्प खोजेर निगमको सुधार गरिने पनि बताए । नेपाल भ्रमण वर्ष २०२० मा पर्यटन उपभोक्ताका अधिकारलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भट्टराईले बताए ।

उनले आन्तरिक ४०० र अन्तराष्ट्रय एक सय उडान अन्तराष्ट्रिय बिमानस्थलबाट हुने गरेको भन्दै त्यसैका कारण ट्राफिक समस्या आएको जिकिर गरे । उनले अन्य स्थानको अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्यपनि तिव्र गतिमा अघि बढेको धारणा राखे ।

बैठकमा सांसदहरुले निगमले आर्थिक अवस्थाकासाथै गुणस्तरमा पनि सुधार गर्न नसके बन्द गर्दा हुने धारणा राखेका थिए ।

त्यस्तै उनीहरुले विमानस्थलमा विद्यमान समस्याले भ्रमण बर्षलाई पनि असर पर्न सक्ने तर्क गरेका थिए । छलफलपछि समितिले निगम र बिमानस्थल सुधारका कार्यलाई अघि बढाउनका लागि मन्त्रालयलाई सुझाव दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७