सिद्धार्थ बैंकको नयाँ शाखा कास्कीको हेम्जामा


९ मंसिर २०७६, सोमबार
1531745643sidhartha

काठमाडौं,९ मंसिर  । सिद्धार्थ बैंकले सोमबार कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बतायो। यो शाखा विस्तारपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ।

बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० वटा एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७