स्वर्ण जित्दै निमाले बनाइन् नयाँ इतिहास


१९ मंसिर २०७६, बिहीबार
nima gharti magar 1

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दै नेपालको निमा घर्तिमगरले नयाँ इतिहास बनाएकी छिन् । विहिबार भएको उसुको नान्छवान अल राउन्डमा उनले स्वर्ण पदक जितेकी हुन् ।

निमाले सागमा लगातार दुई स्वर्ण जितेकी छिन् । उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनेकी हुन् । यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् ।

नेपालमा खेलबाटै जीन्दगी धान्न सकिन्न : निमा घर्ती मगर {सागकी स्वर्ण विजेता}

उनले पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९. ६० अंक ल्याइन् । निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन् । यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारी भइन् ।

यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ ।

यसैगरी सागअन्तर्गत बिहीबार बिहान उसुको प्रतिस्पर्धामा नेपालले विश्वबुद्ध मगरले रजत पदक जितेको छ । उनले उसुको ताउसु कुन्सु अलराउन्डमा रजत पदक जितेका हुन् ।

यो पनि पढ्नुहोस्
दीपक हमालले दिलाए उसुमा थप स्वर्ण
उसुका विजय सिन्जालीले जिते स्वर्ण
उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण
उसुका अभागी खेलाडी पदम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७