नयाँ वर्षमा किमको अमेरिकालाई धम्कीः परमाणु बमको स्वीच मेरो हात छ


१७ पुष २०७४, सोमबार
trump and kim

काठमाडौं: उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै भनेका छन् कि न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच मेरो डेस्कमा छ ।Trump and kim

टीभीमा नयाँ वर्षको भाषणमा किम जोङ उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले भने, ‘यो धम्की होइन, वास्तविकता हो ।’
छिमेकी देश दक्षिण कोरियाप्रति भने नरम देखिएका छन् र सम्वादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, ‘सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्छ ।’
मिसाइल परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध लागिसकेको छ । तर, त्यसको कुनै परवाह नगरी उत्तर कोरियाले परमाणु परीक्षण गरिरहेको छ ।
नोभेम्बर २०१७ मा हृवासोङ( १५ मिसाइलकमो परीस्क्षण गरेको थियो, जुन ४४७५ किलोमिटरसम्म गयो । यो अन्तराष्ट्रिय अन्तरीण स्टेसनभन्दा दश गुणा बढी उचाई हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७