ओली र प्रचण्डबिच समझदारी भइसकेको छ: ज्ञवाली


१७ पुष २०७४, सोमबार
yubrajgyawali

काठमाण्डौ: नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन् ।yubrajgyawali

नेताहरुको व्यवस्थापन र माओावद, जनताको बहुदलीय जनवाद जस्ता महत्वपूर्ण विषयमा ओली र प्रचण्डबिच छलफल भइरहेको उनको भनाई थियो ।
“दुईवटा पार्टी अध्यक्षहरुको बिचमा घनिभूत रुपमा कुनै न कुनै कुरा भएको छ । उहाँहरुले डिस्क्लोज नगरेको हुन सक्छ ।” ज्ञवालीले भने । “ओली र प्रचण्डकोबिचमा कुरा नमिलिकन वा समझदारी नभै हावाको भरमा पार्टी एकता गर्छु भन्नुभएको होइन ।”
अध्यक्षद्धय बाहेक पनि संयोजन समिति अनौपचारिक छलफलमा व्यस्त रहेको ज्ञवालीले बताए । एमाले स्थायी समिति र माओवादीका पनि विभिन्न कमिटीमा छलफल भएपछि पार्टी एकतावद्ध भएर जाने ज्ञवालीले बताए । “पार्टी एकता कुनै पनि हालतमा हुन्छ । नगरी हुँदैन ।”
चुनावमा जाँदा नै पार्टी एकताको मोडलअनुसार ६०–४० को तालमेल गरेर गएको भन्दै ज्ञवालीले त्यसबेला पनि चुनौति भएको तर सफल भएको उदाहरण दिदै ज्ञवालीले जनताले स्विकार गरेकाले नै अब पार्टी एकता भएरै छाड्ने दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७