‘मि टु’ अभियानबाट जापानी पत्रकारले जितिन् बलात्कार मुद्धा


३ पुष २०७६, बिहीबार
japani patrakar2

काठमाडौं, ३ पुष । सामाजिक संजालबाट सुरु भएको #Me Too अर्थात् ‘मिटु’ (म पनि) अभियानबाट  जापानकी महिला पत्रकारले बलात्कारको मुद्धा जितेकी छिन्न् ।

टोक्योको अदालतले बुधबार ३० वर्षीया पत्रकार शियोरी इतोले बलात्कारको मुद्धा जितेकी हुन् । उनले आफूमाथि भएको अन्यायलाई मिटु अभियान मार्फत सार्वजनिक गरेकी छिन् ।


मुद्धा जितेसँगै पीडित महिला पत्रकारले ३.३ मिलियन जापानी येन (३० हजार अमेरिकी डलर) क्षतिपूर्ति पाएकी छिन् । इतोले भने ११ मिलियन जापानी येनको माग गरेकी थिइन् ।


उनले सन २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै मुद्धा दर्ता गरेकी थिइन् । तर, त्यतिबेला तत्कालिन प्रधानमन्त्री सिन्जो आबीसँग घनिष्ठ सम्बन्ध भएका यामागुचीमाथि प्रहरीले मुद्धा दर्ता गर्न पनि आनाकानी गरेको थियो ।


यामागुचिले आफूमाथि लागेको आरोप गलत भन्दै उल्टै इतो माथि मानहानीको मुद्धा जाहेर गरेका थिए । उनले मानहानीको मुद्धामा इतोसँग १३० मिलियन येनको माग गरेका थिए । तर त्यो मुद्धा अदालतले खारेज गरेको थियो । नोरिया यामागुची जापानको चर्चित न्युज च्यानलका पत्रकार हुन् ।

‘म अत्यन्त खुशी छु,’ आफूले जीत हाँसिल गरेपछि इतोले भनिन् । फैसाल पछि उनले जित लेखेको ब्यानर आफ्नो हातमा बोकेकी थिइन् ।


अदालतले यामागुचीलाई दोषी बनाउँदै क्षतिपूर्ति तिराउन फैसला गरेको छ । तर यसपश्चात उनीविरुद्ध कुनै अपराधिक मुद्धा बाँकी रहने छैन् ।

कसरी बलात्कार परिन् ?
यामागुची इन्र्टन गर्दै गरेका इतोलाई जागिरको विषयमा छलफल गर्न भन्दै उनले डिनरका लागि बोलाएका थिए । त्यसैबीच उनले इतोलाई बेहोस बनाएर बलात्कार गरेको थिए । उनले इतोको दानामा बेहोस हुने औषधि मिसाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७