बगदाद विमानस्थलमा रकेट आक्रमण, आठ जनाको ज्यान गयो

काठमाण्डौ, १८ पुस (एजेन्सी) । इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण भएको छ । आक्रमणमा परि आठ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।
‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ । आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।
केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।