डिभिजन २ का लागि प्रारम्भिक छनोट, सागर र विनोद परेनन्


२० पुष २०७४, बिहीबार
hk binod and sagar

काठमाडौं:अर्को महिना देखी नामिबियामा हुने आईसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन २ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणमा २१ खेलाडीको नाम सार्वजनिक भएको छ । डिभिजन २ फेब्रुअरी ६ बाट सुरु हुँदैछ । राष्ट्रिय टोलीका दुई खेलाडी सागर पुन र विनोद भण्डारी प्रारम्भिक चरणमा नै स्थान बनाउन सकेनन् ।hk binod and sagar 1024x576

हालै सम्पन्न एभरेष्ट प्रिमियर लिगमा आफ्नो टोलीलाई उत्कृष्ट फिनिसरको काम गर्न सफल रोहित कुमार पौडेल, युवा बलर रसिद खान र किशोर महतो तथा पुर्व यू१९ खेलाडी दिपेश श्रेष्ठले २१ जनामा आफ्नो स्थान बनाउन सफल भएका छन् । त्यस्तै ललित नारायण राजबंशी र अनिल कुमार शाहले पनि टोलीको प्ररम्भिक २१ जना खेलाडीको सुचिमा आफ्नो नाम सुरक्षित गरेका छन् ।

खेलाडीहरुको छनोट नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) का प्रतिनिधी अनिमुल स्लामले गरेका थिए ।

प्रारम्भिक नेपाली टोली 

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल  (उप–कप्तान)
  • शरद भेषवाकर
  • अनिल कुमार शाह
  • बसन्त रेग्मि
  • दिलिप नाथ
  • दिपेन्द्र सिंह ऐरी
  • दिपेश श्रेष्ठ
  • करण केसी
  • किशोर महतो
  • ललित सिंह भण्डारी
  • ललित नारायण राजबंशी
  • आरिफ शेख
  • रोहित कुमार पौडेल
  • रशिद खान
  • सन्दिप लामिछाने
  • शक्ति गौचन
  • सिद्धान्त लोहनी
  • सोमपाल कामी
  • सुनिल धमला
  • सुसन भारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७