विवादपछि धकेला धकेल हुँदा लडेर एकको मृत्यु


२७ पुष २०७६, आईतवार
kutpit

रसुवा, २७ पुस । दुई जनाबीच भएको विवाद धकेलाधकेलसम्म पुग्दा रसुवामा एक जनाको ज्यान गएको छ ।

आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ ४६ वर्षीय सार्की गुरुङ र ४१ वर्षीय सिंगी तामाङबीच विवाद भएको थियो । शनिबार राति विवाद भएपछि धकेलाधकेल हुँदा गुरुङ लडेका थिए । लड्दा लागेको चोटका कारण उनको मृत्यु भएको हो ।

टाउको, नाक र कानमा चोट लागेको गुरुङलाई थाम्बुचेतमा प्राथमिक उपचारपछि थप उपचारको लागि सदरमुकाम धुन्चे लगिएको थियो । जिल्ला अस्पताल धुन्चेते राति नै गुरुङलाई मृत घोषणा गरेको हो । घटनापछि फरार भएका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७