हाँस्य सम्राट भैरव अर्यालको शालिक व्यवस्थित गर्न माग


१० माघ २०७६, शुक्रबार
bhairab

काठमाडौं, १० माघ । हाँस्य व्यङ्ग्यकार तथा यशस्वी साधक भैरव अर्यालको जोरपाटी चोकमा रहेको शालिक र उद्यान सडक बिस्तार गर्दा भत्काएर माटोले पुरिएकामा भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ ।

विसं २०४६ मा स्थापना भएको गुठीकै अग्रसरतामा तत्कालीन जोरपाटी गाउँ विकास समितिको सहयोगमा जोरपाटी चोकको खाली जग्गामा उद्यान र सालिक निर्माण गरिएको थियो ।
गाउँ परिषद्को निर्णयअनुसार बनाइएको संरचना भत्काउँदा शालिकमा समेत असर गरेकाले त्यसको संरक्षणका लागि बिहीबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई ध्यानाकर्षण गराइएको गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

तत्कालीन गाविसले बगैंचामा मालीको समेत व्यवस्था गरेको थियो । त्यो व्यवस्था समेत हटाइँदा बगैँचा फस्टाउन सकेको छैन । कङ्क्रिटको जङ्गलले भरिएको जोरपाटीको बीचमा रहेको बगैंचाले वातावरणीय सन्तुलनमा सहयोग गर्ने भए पनि यसको संरक्षणमा नगरपालिकाको ध्यान जान नसकेको गुठीले जनाएको छ । गुठीको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख चालिसेले बगैंचा र ालिक संरक्षणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


नगरपालिकाले गुठीलाई संरक्षणको जिम्मेवारी दिए आफ्नै खर्चमा समेत काम गर्न तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । अर्यालको स्मृतिलाई चिरकालसम्म जीवन्त राख्न र भावी पुस्तालाई उत्साहको अजस्र स्रोतका रुपमा स्थापित गर्न पनि उनको शालिकलाई नमूनाका रुपमा दिगो बनाइराख्नु पर्ने गुठीको माग छ । गुठीले अर्यालले लेखेका पुस्तकको प्रकाशन, हाँस्य व्यङ्ग्य क्षेत्रमा कलम चलाउने साहित्यकारलाई सम्मानलगायत साहित्यिक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७