भारतमा कोरोनाबाट पहिलो पटक एकको मृत्यु


३० फाल्गुन २०७६, शुक्रबार
newsofnepal corona virus

नयाँदिल्ली, ३० फागुन । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । ७६ बर्षीय एक पुरुषको कर्नाटकको कलबुर्गीमा मंगलबार मृत्यु भएको हो ।

उनी केही समयअघि साउदी अरबबाट फर्किएका थिए । ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन ।

उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

मृतकको सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने, आइसोलेसनमा राख्ने लगायत काम भइरहेको कर्नाटक राज्य सरकारले जनाएको छ । यो बाहेक कर्नाटकमा पाँच जना संक्रमित भेटिएका छन् । पछिल्लो पटक संक्रमित पाइएका व्यक्ति २६ वर्षीय पुरुष हुन् जो हालै ग्रिसबाट फर्केका थिए । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७