टेलिकमले ल्यायो रिचार्ज बराबरकै बोनस योजना, आजै लागू हुने


१२ चैत्र २०७६, बुधबार
nepal telicom

काठमाडौं, १२ चैत । अहिले विश्व कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आतंकमा छ । नेपालले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिङ्गो देश लकडाउन गरेको छ ।

यस्तो अवस्थामा आफन्तको हालखबर बुझ्न मोवाइलमा पर्याप्त व्यालेन्स हुन जरुरी हुन्छ । तर, लकडाउनका कारण घर अरु बेला जस्तै जतिखेर पायो त्यहिखेर बाहिर निस्केर रिचार्ज किन्न समस्या हुन्छ ।

यहि अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन थालेको छ । बुधबार राति १२ बजेदेखि उक्त बोनस शुरु हुने टेलिकमले जनाएको छ ।
आज (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी रिचार्ज बराबरका बोनस दिन शुरु गरिने टेलिकम प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् । यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुनेछ ।

‘अहिलेको लागि हामीले ७ दिनको लागि मात्र दिने निर्णय गरेका छौं’, अधिकारीले भने, ‘आवश्यक परेमा पछि थप हुनेछ ।’

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिएको थियो ।

हालको लागि रिचार्ज बराबरको बोनसमा मात्र दिने टेलिकमले जनाएको छ । लोनमा ग्राहकको रुची नदेखाएकाले बोनस मात्र दिने निष्कर्ष निकालिएको टेलिकमले जनाएको छ । रिचार्ज बराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ । अन्यथा प्राप्त बोनस काटिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७