कोरोनासँग लड्न मौलापुर नगरपालिका आधुनिक प्रविधिसहित तयार


१७ चैत्र २०७६, सोमबार
ko

रौतहट, १७ चैत । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप फैलिन नदिन तथा नगरवासीलाई जोगाउन रौतहटको मौलापुर नगरपालिकाले अत्याधुनिक प्रविधिसहित आफूलाई तयारी अवस्थामा राखेको छ ।

रौतहट जिल्लामै अन्य स्थानीयतहमा तयारीको नाममा विद्यालय तथा भवनहरुमा केही बेडहरु राखेर फोटो खिच्ने प्रवृत्ति बढेका बेला मौलापुर नगरपालिकाले कोरोना भाइरसको प्रकोप रोक्न मेडिकल टिम पूर्णरुपमा तैनाथ राखेको छ ।

91394315 1278213669055289 6353772917448245248 n

नगरपालिकाले क्वारेन्टाइन तयारीदेखि मेडिकल सामाग्री उपलब्ध गर्नेलगायतका काम सम्पन्न गरेको छ । सबै भन्दा प्रारम्भिक एवम महत्वपूर्ण मानिएको ज्वरो नाप्न सेन्सरबाट शरीरको तापक्रम नाप्ने ‘थर्मोगन’ बाट जाँच गरिंदैछ ।

korona 16

नगरपालिकाले हालसम्म लक्ष्मी निमाविमा २६ तथा पतौरा प्राथमिक उपचार केन्द्रमा ६ गरी ३२ बेडको क्वारेन्टाइन तयार गरिसकेको छ । यस्तै थप बनाउनका लागि प्रयास जारी रहेको स्वास्थ्य संयोजक सुरेन्द्र साहले जानकारी दिए । संयोजक साहका अनुसार कसैलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राख्न परे आवश्यक मेडिकल सामाग्री उपलब्ध रहेको छ ।

स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई ८ वटा, २ सेट अक्सिजन सिलिन्डर, मास्क, ग्लोब्स, सेनिटाइजरसहित २ जना मेडिकल अफिसर, २० जना पारामेडिक्स, १ जना ल्याब टेक्निसियन र ३ जना स्टाफ नर्स तैनाथ रहेको संयोजक साहले बताए । उपचारका लागि आवश्यक सबै औषधि पनि उपलब्ध रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७