सुत्केरी महिलाको घर–घरमा इटहरीकी उपमेयर: सुत्केरी ब्यथाले सडकमा रुँदै गरेकी महिलाको गरिन् उद्धार


१९ चैत्र २०७६, बुधबार
itahari mayer

काठमाडौं, १९ चैत । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सुत्केरी भेट कार्यक्रम लिएर इटहरीका पाँच जना सुत्केरी महिलाको घर–घर पुगेकी छिन् ।

लकडाउनका वेला खाद्यान्न अभावले सुत्केरी महिला भोकभोकै वसेको खवर पाएपछि आफू दाल चामल नुन तेल लगायत पोसिलो खाद्यसमाग्री सहित घर–घर पुगेकी हुन् ।

लकडाउनका वेला सुत्केरी भएका इटहरी २, ९ र २० वडाका पाँच जना महिलाको घर पुगेर आमा वच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा प्रदान गरिएको उपपमेयर गौतमले वताइन् ।

रिना विक, खुस्वु खातुन, यमुना खतिवडा, स्वस्तिका पुरी र गंगीया उराउ यि पाँचै जना इटहरी अस्पतालमा सुत्केरी भएका हुन । लकडाउनका वेला खाद्यान्न अभावले सुत्केरी महिला भोकभोकै वसेको खवर पाएपछि आफू दाल चामल नुन तेल लगायत पोसिलो खादयसमाग्री सहित उनीहरुलाई भेटन गएको उनले वताए ।

itahari mayer

लकडाउनका वेला श्रीमानले समेत काम गर्न नपाएपछि सुत्केरी महिलाको विजोग भएको थियो । यो महाविपत्तीमा सवैको विजोगनै हुन्छ त्यसमा पनि सुत्केरी महिला र नवजात शिशुको झन विजोग हुने भएकाले सुत्केरी राहत प्याकेज लिएर उनीहरुको घर पुगेको वताए ।


सुत्केरी ब्यथाले सडकमा रुदै गरेकी महिलाको उद्धार
सुत्केरी ब्यथाले च्यापेर सडकमा रुदै भेटिएकी एक जना महिलालाई उपमेयर गौतमले इटहरी अस्पताल पुरयाएकी छिन् ।

इटहरी ४ की भिम कुमारी लिम्वूलाई ब्यथा लागेपछि एपेक्स अस्पताल इटहरीमा फोन गर्दा भर्ना गर्न नमानेको उहाँका श्रीमान अनिस भुजेलले वताए ।

त्यसपछि नेपाल परिवार नियोजन संघ इटहरी लगिएको थियो । त्यहाँ वन्द रहेको पाइएपछि सिटी रिक्सामा इटहरी ५ पिपलचौकमा रुदै गरेको देखेपछि गाढीमा हालेर इटहरी अस्पताल पुर्याएकी उपमेयर गौतमले वताइन् ।

यातायातका साधन नभएपछि ती महिलालाई भेटघाट चौकदेखि सिटि रिक्सामा ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७