लकडाउन १२औं दिन: मुख्य शहर सुनसान, बिपन्न र मजदुर बर्गहरु मर्कामा, हिडेरै घर फर्किन्दै


२२ चैत्र २०७६, शनिबार
lockdown 12 day.00 00 53 23.Still003

काठमाडौं, २२ चैत । सरकारले लागू गरेको लकडाउनको १२ औँ दिन पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन गरेको लकडाउनसँगै सुनसान भएको हो ।

 गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । लकडाउनमा धेरै सर्वसाधारणहरु पनि यसको पालना गरिरहेका छन् । तर लकडाउनका कारण बिपन्न  र मजदुर बर्गहरु मर्कामा परेका छन् । 

काठमाडौं उपत्यकामा ज्याला मजदुरी गर्दै आएकाहरु लकडाउनका कारण भोकै हुने अवस्था आएपछि उनीहरु हिड्दै घर फर्कन थालेका छन् । ज्याला मजदुरी गर्दै आएकाहरुलाई राहत प्रदान गरेपनि प्रयाप्त नभएको भन्दै उनीहरु घर फर्किन थालेका हुन् ।

शनिबार काठमाडौंबाट सुनसरी जान लागेका एक समूहरुलाई प्रश्न गर्दा आफुहरु भोकभोकै मर्ने अवस्था आउन लागेका कारण हिड्दै फर्कन लागेको बताए । हिडेर घर जान ४ दिन लाग्ने भएपनि आफुहरु हिडेरै जान लागेको उनीहरुले बताए ।

 केहि दिन अघिसम्म केहि स्थानीय तहको पहलमा काठमाडौंमा रहेका केहिलाई बिशेष पास मार्फत बस नै रिजर्भ गरेर घर पठाउने व्यवस्था गरिएको थियो । त्यस्तै केहि दिन अघि काठमाडौंबाट सयौंको संख्यामाा सर्वसाधारणहरु दक्षिणकालीको बाटो हुदै हेटौडा, बारा, पर्सा लगाएतका स्थानमा गएका थिए । 

काठमाडौं महानगरपालिकाकाे वडामा राहतस्वरुप खाद्यान्न वितरण

सरकारले ‘लकडाउन’को समय बढाएपछि काठमाडौं महानगरपालिकाले हरेक वडामा रहेका गरिब तथा विपन्न वर्गलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

सरकारले गरिब तथा विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएपछि वडा कार्यालहरुले दैनिक ज्यालादारी गर्ने व्यक्ति र आयस्रोत कम भएकाहरुलाई निःशुल्क दाल, चामल, नुन, चिनीलगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन् ।

विपन्न वर्गहरुको खाद्यान्न लिन बिहानैदेखि नजिकैको वडा कार्यालयहरुमा भीड लाग्न थालेको छ । सरकारले विपन्न वर्गलाई मात्र राहत दिने घोषणा गरेपनि कतिपय स्थानहरुमा खाद्यान्न अभाव नहुनेहरु पनि राहत लिन पुगेका छन् ।

त्यस्तै बिभिन्न संघसंस्थाले पनि स्थानीय तहसंगको समन्वयमा राहत वितरण गरिरहेका छन् । यसैगरी, पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा पनि राहत वितरण गरिएको छ । विकास कोषले खान खाना नपाएका ५०० भन्दा बढीलाई खाना खुवाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७