कांग्रेस सांसदले कोरोना कोषमा १५ दिनको पारिश्रमिक दिने


२८ चैत्र २०७६, शुक्रबार

काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।

कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ । सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७