२०७७ बैसाख १ गते सोमबारको तपाईको राशिफल


१ बैशाख २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धर्म र आस्था बढ्ने छ । सांगीतिक तथा सामाजिक कार्यमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धार्मिक यात्रा र प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आस्था र विश्वास बढ्ने योग रहेको छ । घर परिवार र बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्ने । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वादिष्ट र स्वइच्छाको परिकार खान पाईने छ । आफ्नो कार्याबाट आत्मिक सन्तुष्टि मिल्ने छ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । धार्मिक कार्यको योग छ । सामाजिक कार्यमा सफलता पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउने छ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्यको योजना बन्न सक्छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । पारिवारिक समस्या पनि हराएर जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । सामान हराउन पनि सक्छ । चोट पटकको भय छ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । साहित्यिक क्षेत्रमा रुची पनि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नो दैनिकी कार्यमा व्यवधान आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउने छ । मन पनि कमजोर रहन सक्छ, धैर्य राख्न जरूरी छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अरुको उपकरमा मन जानेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७