२०७७ बैसाख २ गते मंगलबारको तपाईको राशिफल


२ बैशाख २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाईने छ । प्रेम सम्बन्ध कसिलो होला । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक चिन्ता बढे पनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईने छ । पुनर्मिलनको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा बाधा पनि आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७