२०७७ बैसाख १५ गते सोमबारको तपाईको राशिफल


१५ बैशाख २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउँला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप खेप्नु पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्ने छन् । पारिवारिक साथ र सद्भाव बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । स्वास्थ्यप्रति सजक हुन एकदमै जरूरी छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । स्वादिष्ट भोजन पनि पाईने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । पारिवारिक सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आकस्मिक धन लाभ हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यबाट सफलताको योग छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ र त्यसबाट फाईदा पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात सफलता हात पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७