२०७७ बैसाख २२ गते सोमबारको तपाईको राशिफल


२२ बैशाख २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । लगनशिलताले कामहरु अगाडि बढ्ने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा निरासा र शरीरमा आलस्य आउँला । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेम प्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधिमार्फत काम अघि बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मान सम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र साँस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बौद्धिकताको विकास हुने र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा प्रसन्नता छाउने छ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ । यात्राबाट टाढै रहनु राम्रो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७