क्वारेन्टाइनभित्र बनाइएको टिकटक भिडियो भाइरल, सात जनाविरुद्ध उजुरी


२३ बैशाख २०७७, मंगलवार
tiktok Ect8m6fftU

नयाँदिल्ली, २३ बैसाख । रेड जोनभित्र वर्गीकृत गरिएको भारतको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ ।

यी मानिसहरुले सामाजिक दूरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए । यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार च्यानलमा पनि यसको चर्चा भइरहेको छ ।

भिडियोमा यी सात व्यक्तिहरुलाई नाचिरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ । स्थानीय थानाका अधिकारी रमेश सिंहले बीबीसीसँगको कुराकानीमा एफआरआईपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७