विश्वका १८ लाख १० हजार कोरोना संक्रमित निको, तीन लाख १२ हजारकाे मृत्यु


४ जेष्ठ २०७७, आईतवार
CnyztpE007001 20200515 PEPFN1A001

काठमाडौं, ४ जेठ । विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख १२ हजार ३१७ पुगेको छ ।

४७ लाख १५ हजार बढी संक्रमितमध्ये करिब १८ लाख १० हजार उपचार पछि निको भएका छन् । ४४ हजार ८४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ८९ हजार ५४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ६ हजार नाघेको छ । बेलायतमा २ लाख ४० हजार संक्रमितमध्ये ३४ हजार ४ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख २४ हजार ७ सय बढी संक्रमित र ३१ लाख ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा एक लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ ।
स्पेनमा दुई लाख ७६ हजार कोरोना संक्रमित मध्ये २७ हजार ५ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा दुई लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ ।
यस्तै जर्मनीमा एक लाख ७६ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६३३ पुगेको छ ।

रसियामा दुई लाख ७२ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ । यसैगरी भारतमा ९० हजार ६ सय बढी कोरोना संक्रमितमा २ हजार ८७१ जनाको मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७