२०७७ जेठ ७ गते बुधबारको तपाईको राशिफल


७ जेष्ठ २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइने छ । बोलीको प्रभाव पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पाइने छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाईको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशिर्वादले काम गर्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कामको थालनी हुनेछ । नजिकैको धार्मिक यात्रा रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साथीको सहयोग र हौसला मिल्ने छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७