नेपाली चेली मनिषा कोइरालाकाे अभिव्यक्तिले भारतीय मिडियामा हंगामा


८ जेष्ठ २०७७, बिहीबार
Manisha Koirala scaled
Interview of Manisha Koirala at Alice Reception , Garidhara, Kathmandu,18,12,2018. POST PHOTO:PRAKASH CHANDRA TIMILSENA

काठमाडौं, ७ जेठ :  ५ जेठ २०७७ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारतद्धारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गर्‍यो । यो निर्णयपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय ।’

यही निर्णय अनुसार सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्‍यो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरिन् ।



यो निर्णयपछि ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखिन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु ।’
यस लगत्तै भारतीय मिडिया र भारतीयहरु मनिषा बिरुद्ध खनिएका छन् । भारतीय टिभी च्यानल एबीपी न्यूजले, ‘भारतको नुन खाएर चीनको गीत गाउने ?’ भन्दै तिव्र आलोचना गरे । मनिषालाई सामाजिक सञ्जालमा भारतीयहरुले तिव्र बिरोध सुरु गरेका छन् ।

Manisha koirala comment
भारतीय मिडिया


भारतीय मिडिया र भारतीयहरुले यस कारण बिरोध गरेका हुन् की मनिषा बलिउडकी चर्चित अभिनेत्री हुन् । तर उनीहरुले यो चहि बुझेनन् की मनिषा नेपाली चेली हुन् । बलिउडका सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्मकी अभिनेत्री मनिषा सहास गरेर नेपाली माटोको पक्षमा बोलेका भन्दै नेपालमा भने प्रशंसा भएको छ । धेरैले लेखेका छन्, ‘सलाम महान् नेपाली चेली मनिषालाई ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७