२०७७ जेठ ८ गते बिहीबारको तपाईको राशिफल


८ जेष्ठ २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने छ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्त र मित्रवर्गको सहयोग पाइने छ । सांगितीक क्षेत्रमा रुची बढ्ने छ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । अरुलाई प्रभावित पारेर काम बन्ने छ । लाभदायी छलफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्च समेत बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । शिक्षामा सफलता पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । संगीत र साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । शिक्षा पनि राम्रै हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७