२०७७ जेठ ९ गते शुक्रबारको तपाईको राशिफल


९ जेष्ठ २०७७, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्राविधिक कार्यमा सफलता मिल्ने छ । बोलीको प्रभाव पनि बढ्ने छ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज महिला वा मित्रबाट विशेष सहयोग पाइने छ । अध्ययनमा रुची जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । मनपर्ने खनेकुरा खान पाइने छ । प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दान–पुण्यजस्ता कार्यमा सहभागी भइने छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्ने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नाक तथा घाँटीमा समस्या आउँला । राजनैतिक कार्यमा बाधा आउने छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कमको योजना बन्ने छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज राजनैतिक कार्यमा सफलता मिल्ने छ । नयाँ योजना र शुभकार्यको चर्चा चल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज घरमा शुभकार्य हुने चर्चा चल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउाला । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मन खिन्न हुने स्थिति आउन सक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्ने छ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्य सम्पादनमा सहजता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उतीर्ण हुन सकिने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७