फेरि ३६ जनामा कोरोना, संक्रमितको संख्या ५८४ पुग्यो


१० जेष्ठ २०७७, शनिबार
health

काठमाडौं, १० जेठ । आज (शनिबार) दिउँसो थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज फेला परेका संक्रमितमा सबैभन्दा धेरै बाँकेको नरैनापुरबासी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

 कोराना संक्रमण ४० जिल्लामा फैलिएकाे छ । 

 प्रवक्ता देवकोटाले पिसीआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी विधिबाट ८६ हजार २ सय ३५ परिक्षण गरिएको जानकारी दिए । प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ९४ र आरडिटी विधिबाट ४ हजार १ सय १९ परिक्षण गरिएको बताए ।

प्रवक्ता डा.देवकोटाले प्रदेश १ मा आरडीटी विधिबाट १० हजार १ सय ६९, प्रदेश २ मा ६ हजार ३ सय ८, बागमती प्रदेशमा २१ हजार ७ सय १२, गण्डिकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश पाँचमा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सूदुरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ गरी ८६ हजार २ सय ३५परिक्षण गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७