पहिलोपल्ट एकै दिन ११४ जनालाई कोरोना, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो


१४ जेष्ठ २०७७, बुधबार
bikash devkota

काठमाडौं, १४ जेठ । नेपालमा पहिलोपल्ट एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपल्ट एकै दिन एक सय भन्दा माथि कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

यसअघि एकै दिन सबैभन्दा बढी ९० जनामा कोरोना देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये अधिकांश भारतबाट आएका मानिसहरु हुन् । बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालय प्रवक्ता डा. देवकोटाले जानकारी दिए । कोरोना संक्रमित मध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा १६ जना नयाँ संक्रमित रहेका छन्। जसमा सप्तरी बोडे बर्साइन नगरपालिकाका मात्रै ११ जना रहेका छन् ती सबै पुरुष छन्। सप्तरीकै अन्य स्थानमा पनि थप संक्रमित भेटिएका छन्।

कोशी अञ्चनल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन्। जसमा झापा गौरादहका २ जना र कचनकवल गाउँपालिकाका १५ जना रहेका छन्। त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका छन्। जसमध्ये रौतहटका सातजना र मकवानपुरकी एक जना महिला रहेकी छन्। पोखराको ल्याबमा गरिएको परीक्षणमा बागलुङको बडीगाड र ताराखोलामा ६ जना संक्रमित भेटिएका छन्।

यस्तै राप्ती विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जनाको नतिजा पोजेटिभ आएको छ। जहाँ रुकुमपूर्वमा पनि ३ तीनजना संक्रमित भेटिएका छन्। जस अनुसार दाङ घोराहीका सातजना संक्रमित रहेका छन्। दाङकै लमही नगरपालिकाका ८ जना भेटिएका छन्। जसमा सातजना पुरुष र एकजना महिला रहेका छन्।

भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा कोरेना पोजेटिभ देखिएको छ। जसमा बाँकेका ९ जना रहेका छन्। खजुरा गाउँपालिकाका एकजना संक्रमित रहेका छन्। यता काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सिरहासहितका जिल्लाका संक्रमित छन्।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७