रुकुम पश्चिममा भएकाे घटनाका मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न सांसदहरूकाे माग (भिडियो)


१४ जेष्ठ २०७७, बुधबार
nabraj 1

काठमाडौं, १४ जेठ । सांसदहरुले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुम पश्चिममा भएको हत्याको घटनाका विषयमा सर्वदलीय छानविनको माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले घटनालाई राजनीतिकरण नगर्न र मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरेका हुन् ।

सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको आरोप लगाए । सो घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न उनले माग गरे ।

सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानविन गर्न माग गरिन् ।

सांसद यशोदा सुवेदी गुरुङले सो घटनालाई राजनीतिकरण नगर्न माग गर्नुभयो । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरिन् ।


रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो ।

मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७