२०७७ जेठ १५ गते बिहीबारको तपाईको राशिफल


१५ जेष्ठ २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धार्मिक र सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिना मसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सचेत रहनु होला । सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन पारिवारिक हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको योजना बन्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घर परिवारमा र रमाइलो वातावरण छाउने छ । समाजमा र परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी र रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफन्त मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७