काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको दावी


२० जेष्ठ २०७७, मंगलवार
kasmir

नयाँदिल्ली, २० जेठ । भारत प्रशाशित काश्मिरको पुलवामामा एक जना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ ।

काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ ।

काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्रहरीको कारबाही भने जारी रहेको छ ।

यसअघि सोमबार मात्र पनि भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा तीन जना आतंककारी मारिएका भारतीय सेनाले जानकारी दिएको थियो ।

त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भई आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७