कर्णालीमा थप ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९१६ पुग्यो


३१ जेष्ठ २०७७, शनिबार
korona 1

सुर्खेत, ३१ जेठ । कर्णाली प्रदेशमा आज (शनिबार) थप ७० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ९१६ पुगेको छ ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जनामध्ये गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका १० जना, बराहताल गाउँपालिकाका ९ जना, चौकुने गाउँपालिकाका ८ जना र वीरेन्द्रनगरका १ जना रहेका छन् ।

त्यस्तै, दैलेखका ३० जनामध्ये आठबीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।

संक्रमितमध्ये दैलेखमा ५०९, सुर्खेतमा १९७, सल्यानमा १३७, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ८ जना कोरोना संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १, गोरखा १ र काठमाडौं १ जना रहेका छन् ।

दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई शनिबार डिस्चार्ज भएका छन् । संक्रमणपछि निको हुनेको संख्या ९१ पुगेको छ । कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७