कपिलवस्तुमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६३४ पुग्यो


३१ जेष्ठ २०७७, शनिबार
korona 1

कपिलवस्तु, ३१ जेठ । कपिलवस्तुमा आज (शनिबार) थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

त्यस्तै महाराजगञ्जमा १२२ जना, कृष्णनगर नगरापलिकाकामा ७१ जना, शिवराज नगरपालिकामा ५७ जना, मायादेवी गाउँपालिकामा ६७ जना, शुद्धोधन गाउँपालिकामा ३३ जना संक्रमित पुष्टि भएको छ ।

वाणगंगा नगरपालिकामा २३ जना , कपिलवस्तु नगरपालिकामा ३६ जना, बुद्धभूमि नगरपालिकामा २९ जना, र विजयनगर गाउँपालिकामा २७ जना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये २१६ जना घर फर्कका छन् । योसँगै कपिलवस्तुमा संक्रमित संख्या ६३४ पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७