डब्ल्युएचओको चेतावनी : संसार कोराना भाइरस महामारीको खतरनाक चरणमा


६ असार २०७७, शनिबार
who

काठमाडौं, ६ असार । विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् ।

उनका अनुसार, यतिखेर संसारमा कोरोना भाइरसको महामारी फेलिँदै गइरहेको छ । गत बिहीबार मात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो ।

जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको तथ्यांकअनुसार यतिखेर संसारभरिमा ८५ लाख ६९ हजार ९६२ जना संक्रमित भइसकेको छन् भने तीमध्ये ४ लाख ५७ हजार ३८८ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा २२ लाख १५ हजार ५८७ छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी एक लाख १८,९९१ जना पुगिसकेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित नौं लाख ७८ हजार १४२ जना छन् भने त्यसपछि रुसमा ५ लाख ६८ हजार २९२ जना छन् । चौथो नम्बरमा भारत पर्छ जहाँ अहिलेसम्म ३ लाख ८० हजार ५३२ जना ंसंक्रमित भइसकेका छन् ।


यही संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेहरुमा दोस्रो नम्बरमा ब्राजिल पर्छ । त्यहाँ ४७ हजार ५४६ जनाको मृत्यु भइसकेको छ ।

रुसमा ७ हजार ८३१ जनाको यही संक्रमणका कारण मृत्यु भइसकेको छ भने भारतमा मृत्यु हुनेहरुको संख्या १२ हजार ५७३ पुगेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार, जुन असार ६ गते बिहान ४ बजेसम्ममा संसारभरिमा ८७ लाख ३४ हजार ९७२ जना संक्रमित भइसकेका छन् भने ४ लाख ६१ हजार ५०४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुमध्ये ४६ लाख १५ हजार ९९५ जना निको पनि भइसकेका छन् ।

हाल सक्रिय संक्रमितहरु ३६ लाख ५७ हजार ४७३ जनामध्ये ९९ प्रतिशत (३,६०२,६८७ जना) को अवस्था सामान्य छ भने १ प्रतिशत (५४,७८६० जना) को अवस्था मात्रै गम्भीर छ ।

यसबीच विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ । सो रकमको अभावमा विश्वका १३२ राष्ट्रहरुमा महामारीमा अत्यावश्यक मास्क, ग्लोभ र अरु अतयावश्यक चिकित्सीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्‍याउन कठिन हुने जनाएको छ ।

संगठनका अपरेशन निर्देशक अमेर डावोडीका अनुसार, सन् २०२० मा सो प्रयोजनका लागि संगठनलाई ९६५ मिलियन अमेरिकी डलर आवश्यक पर्नेछ । तर अहिलेसम्म संगठनले १३२ मिलियन अमेरिकी डलर मात्रै जुटाउन सकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७