संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन शिल


६ असार २०७७, शनिबार
dadeldhura aspatal

डडेल्धुरा, ६ असार । कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन शिल गरिएको छ ।

शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम शिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम शिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए । उनले भने, ‘समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङ समेत गर्दैछौं ।’

सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यक बाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए । डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरै संक्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि शिल गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७