दाङमा एकै दिन ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५५ पुग्यो


१२ असार २०७७, शुक्रबार
rapti

दाङ, १२ असार । दाङमा आज (शुक्रबार) एकै दिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै दाङमा सङ्क्रमितको संख्या ४५५ पुगेको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज दाङमा कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् ।

यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो । र एक जना मृत्यु भएकोमा कोरोना पोजिटिभ गरी शुक्रबार ७५ जनामा कोराना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७