कोरोनाको नयाँ विश्व रेकर्ड : एकै दिन दुई लाख ३४ हजार नयाँ संक्रमित थपिए


२७ असार २०७७, शनिबार
korona 1

काठमाडौं, २७ असार । कोरोना भाइरस संक्रमणले हालसम्मकै नयाँ विश्व रेकर्ड बनाएको छ ।
नियन्त्रणमा आउनुको सट्टा झनझन तीब्र बनिरहेको कोरोना भाइरस संक्रमणले नयाँ रेकर्ड बनाउँदै शुक्रबार हालसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनासम्बन्धी तथ्याङ्क अध्यावधिक गर्दै आएको वर्ल्डओमिटरले यो आंकडा एकै दिन संक्रमित हुने हालसम्मकै धेरै भएको बताएको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ब्राजिलमा ४५ हजार २३५, भारतमा २७ हजार ७२८, दक्षिण अफ्रिकामा १२ हजार तीन सय भन्दा धेरै, मेक्सिकोमा सात हजार भन्दा धेरै, रुसमा साढे ६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ३५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ६१ हजार ९८० पुगेको छ । यो शनिबार बिहान ६ बजेसम्मको तथ्याङ्क हो ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक कारोड २६ लाख १४ हजार एक सय ८६ पुगेको छ । गएको २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा एक हजार २७० जनाको मृत्यु भएको छ भने अमेरिकामा ८२३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी मेक्सिकोमा ७३०, भारतमा ५२१, कोलम्बियामा २११, इरानमा १४२, दक्षिण अफ्रिकामा १४०, रुसमा १७४, पेरुमा १८६ जनाले ज्यान गुमाएका छन् ।

भारतमा अहिलेसम्म आठ लाख २२ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म २२ हजार १४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७