अन्तत: ट्रम्पले पनि लगाए मास्क


२८ असार २०७७, आईतवार
2caf3c9b54ccc63e5d9e7ba81bb378d9 w1000 h500 cp

काठमाडौं, २८ असार । अमेरिकाका राष्ट्रपति कोरोना महामारीयता पहिलोपल्ट मास्क लगाएर सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प मास्क लगाएर घाइते सैनिक भेट्न वाल्टर रिट नेसनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन् ।

यसअघि ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने दाबी गरिरहेका थिए । विज्ञले चेतावनी दिंदादिंदै पनि ट्रम्पले चुनावी सभामा समेत मास्क लगाएनन् ।

तर पछिल्लो समय उनले आफू कहिल्यै मास्कविरोधी नभएको बताउँदै भिडभाड र विशेष परिस्थितिमा यसको प्रयोग गर्ने बताइरहेका थिए ।

यसै क्रममा सबैको सल्लाह मान्दै ट्रम्प पहिलोपल्ट मास्क लगाएर देखापरेको सीएनएनले जनाएको छ । अमेरिका विश्वमा सबैभन्दा बढी कोरोनाबाट आक्रान्त बनिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७