राजनीतिबाट विश्राम लिएर पुस्तक लेख्न देउवालाई योगेशको सुझाव


१७ माघ २०७४, बुधबार
Yogesh Bhattarai @ sher B Deuba
g]kfn 6]lnlehgsf] jflif{sf]T;j l;+xb/af/df a’waf/ cfof]lht g]kfn 6]lnlehgsf] ##cf}+ jflif{sf]T;j ;df/f]xdf k|wfgdGqL z]/axfb’/ b]pjf, ;”rgf tyf ;~rf/ dGqL df]xgaxfb’/ a:g]tnufot . t:jL/ M gjLg kf}8]n, /f;;

देउवाले भने, ‘मेरो घरमा आउनुहोस्, खाना खाएर गफ गरौंला’

काठमाडौं, १७ माघ :  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिबाट बिश्राम लिएर अनुभव पुस्तक लेख्न सुझाव दिएका छन् । प्रधानमन्त्री देउवा पुस्ताको इतिहास र अनुभव भावी पुस्ताको लागि उपयोगी हुने भन्दै उनले पुस्तक लेख्न सुझाएका हुन् ।

Yogesh Bhattarai @ sher B Deuba
कार्यक्रममा प्रधानमन्त्री देउवा र सचिव भट्टराई ।

बुधबार नेपाल टेलिभिजनको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा र सचिव भट्टराई एउटै मञ्चमा थिए । औपचारिक मन्तव्यमा प्रधानमन्त्री देउवा र सचिव भट्टराईविच छेडखानी चल्यो । एकले अर्कालाई छेडछाड गरे । तर, मञ्चमा दुबै बिच निकै लामो कानेखुसी भयो । त्यही क्रममा प्रधानमन्त्री देउवालाई सचिव भट्टराईले पुस्तक लेख्न सुझाए । मञ्चमा सँगै रहेका देउवालाई उनले भने, ‘अब त राजनीतिबाट रिटायर्ड पनि हुने होला । अब यी सबै बिषयलाई समेटेर किताब लेख्नु पर्यो । हजुरको अनुभब हामी आउने पुस्तालाई खुब काम लाग्छ । नढाँटी लेख्ने हो भने बजारमा पनि खुब बिक्छ, पैसा पनि आउछ ।’

सचिव भट्टराईले प्रधानमन्त्री देउवालाई यस्तो सुझाव दिएपछि प्रधानमन्त्री देउवाले भने,‘तपाईले भनेको कुरा ठिक लाग्यो । प्रमबाट हटेपछि घरमा आएर खाना साना खाएर थप कुरा गरौ है भन्नुभयो ।’ देउवासँगको कुराकानी बारेमा भट्टराई लेख्छन्, ‘प्रधानमन्त्री हुन्जेल भेटिएन, प्रधानमन्त्रिबाट हटेपछि चै बुडासँग भेटघाट हुने पक्का भयो ।’
देउवासँगको भलाकुसारी बारेमा योगेश लेख्छन् :-

नेपाल टेलिभिजनको ३३ औ स्थापना दिवसका अबसरमा प्रम शेरबहादुर देउवासँग सँगै मञ्चमा भेट्ने अबसर मिल्यो । भाषणमा अलि अलि छेडछाड पनि भयो । मन्तब्य पछिको छोटो सम्बादमा मैले उहाँलाई सोधे, अर्को महिना पछि त तपाईंलाई धेरै नै फुर्सद हुने भयो हजुर के गरेर समय बिताउनुहुन्छ ? पार्टी काम अनि आरम उहाँले तु जबाफ दिनुभयो । अनि मैले भने, ‘ त्यतिले मात्र हुँदैन, कठोर पञ्चायतीकालमा राजनीतिमा लाग्नु भयो, धेरै दुःख पाउनु भयो । बहुदल आए पछि प्रायः सरकारमै रहनुभयो । गिरिजाबाबुसँग मिल्नु भयो अनि लड्नु पनि भयो, एमालेसँग लड्नु भयो । अनि मिल्नु पनि भयो, माओवादीसँग पनि त्यस्तै, राजाको हुनुभयो, राजासँगै लड्नु भयो, भारत, चीन, अमेरिका लगायत धेरै अन्तराष्ट्रिय शक्तिहरुसँग कुरा गर्नु भयो, पार्टीमा गुटका बिरुद्ध लड्नुभयो अनि आँफै गुट पनि बनाउनुभयो आदी-आदी ………. अब त राजनीतिबाट रिटायर्ड् पनि हुने होला । अब यि सबै बिषयलाई समेटेर किताब लेख्नु पर्यो । हजुरको अनुभब हामी आउने पुस्तालाई खुब काम लाग्छ, नढाँटी लेख्ने हो भने बजारमा पनि खुब बिक्छ, पैसा पनि आऊछ । मैले यति भने पछि उहाँले खुब मन पर्यो, प्रमबाट हटेपछि घरमा आएर खाना साना खाएर थप कुरा गरौ है भन्नुभयो । प्रधानमन्त्रि हुन्जेल भेटिएन, प्रधानमन्त्रिबाट हटेपछि चै बुडासँग भेटघाट हुने पक्का भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७