बैंकमै थन्कियो पौने ३ अर्ब बराबरको ३२१ किलो सुन


१५ श्रावण २०७७, बिहीबार
gold 1

काठमाडौं, १५ साउन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा माग समेत खस्किएकाले बैंकहरूले आयात गरेको ३२१ केजी सुन बिक्री हुन सकेको छैन ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँबराबरको सुन स्टक रहेको हो ।

‘बुधबार ४ बजेको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिदश ग्राम सुनको मूल्य ८४ हजार ६ सय ४७ रुपैयाँ हुन्छ,’ एक बैंकका वित्त विभाग प्रमुखले भने, ‘यस आधारमा बैंकहरूसँग अहिले भएको सुनको मूल्य करिब २ अर्ब ७१ करोड बराबर हो ।’

२१ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६–७७ का लागि कुल २ हजार ४ सय सुन ल्याउने अनुमति पाएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्ममा भने कुल १३ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । यो गत वर्षको तुलनामा करिब ५७ प्रतिशतले कमी हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७