सरकारसँग १३ बुँदे सहमति गर्दे ईः ले तोडे अनसन


२५ श्रावण २०७७, आईतवार
Covid 19 Enough is Enough

काठमाडौं, २५ साउन । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः ले अनसन तोडेका छन् । ह्याम्स अस्पतालमा आज (आइतबार) स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन्।

सरकार र ई बिच दोस्रो पटक सहमति भएको छ । यसअघि पनि सरकार र ईः समूहबीच सम्झौता भएको थियो। तर सम्झौता कार्यान्वयनमा सरकारले चासो नखिएको भन्दै ईः ले पुनः अनसन सुरु गरेका थिए। इनफ इज इनफ समूहले सरकारविरुद्ध निरन्तर खबरदारी गर्दै आएको छ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका थिए। पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए। सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए।

कोभिड–१९ को पहिचानका लागि आरडीटी प्रयोग स्थगित गर्ने र पीसीआर विधिमात्र प्रयोग गर्ने, विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्यकर्मी, स्वासप्रश्वाससम्बन्धी रोगको लक्षण देखा परेका, ज्वरो आएका र स्वाद लिने वा गन्ध सुँघ्ने शक्ति हराएको जस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबैको पीसीआर परीक्षण गर्ने सम्झौता भएको थियो।

कोभिड–१९ को खर्चसम्बन्धी विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने सम्झौतापत्रमा उल्लेख थियो ।

सम्झौता पूरा नभएपछि साउन ३ गतेबाट ईः र करण गुरुङले पुनः वसन्तपुरमा अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनीहरुले १५ बुँदे माग राखेका थिए।

क्वारेन्टिनको रणनीति सुधार्नुपर्ने, विदेशबाट फर्कने चाहने नागरिकको उच्चतम प्राथमिकता र पूर्ण सम्मानका साथ घर फिर्ती हुनुपर्ने, सरकारलाई कोभिड–१९ को व्यवस्थापनबारे वैज्ञानिक एवं तथ्यपरक सुझाव दिन जनस्वास्थ्यविज्ञ, महामारीविद्, वरिष्ठ चिकित्सक, वैज्ञानिक, अर्थशास्त्री लगाएत स्वतन्त्र विज्ञ सम्मिलित समावेशी, स्वायत्त, अधिकारसम्पन्न विज्ञ सुझाव समिति गठन गर्नुपर्ने लगायतका माग उनीहरुका थिए।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७