गोंगबुमा विभत्स हत्या, सुटकेशभित्र भेटियो टाउको बिनाको शव


२५ श्रावण २०७७, आईतवार
Death body in Kathmandu 2

काठमाडौं, २५ साउन । राजधानीको गोंगबुस्थित गणेश स्थानमा एक व्यक्तिको विभत्स रुपमा हत्या गरिएको छ ।

हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र अगाडि बढाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढङ्गले अनुसन्धान थालिएको जानकारी दिएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेरका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

Nepal police with a Dog
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी

पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दूरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । सो क्षेत्रमा अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरी शव पहिचानको नजिक पुगेको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताएका छन् । केही दिनदेखि ती पुरुष हराएको खुलेको छ जानकारी दिंदै थापाले भने, ‘हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७