मेघगर्जन र चट्याङसहित वर्षा, यी पाँच वटा प्रदेशमा भारी बर्षाको सम्भावना


३१ श्रावण २०७७, शनिबार
raining

काठमाडौं, ३१ साउन । आज (शनिबार) पनि देशभरको मौसम बदली रहेको छ । जसका कारण आज पनि देशका धेरै स्थानमा बर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज (शनिबार) दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले आज राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७