रुसले बनायो कोरोनाविरुद्ध अर्काे एन्टिभाइरल औषधि, अर्काे हप्ता नै बजारमा आउने


३ आश्विन २०७७, शनिबार
korona 1

काठमाडौं, ३ असोज । विश्वमा एकै दिन तीन बढी कोरोना संक्रमित थपिइरहेका बेला रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरल औषधि तयार गरेको छ ।

रुसले हल्का लक्षणवाला संक्रमितका लागि प्रयोग गरिने कोरोनाभिर औषधि बनाएको हो । कोरोनाका बिरामीमा यो औषधि प्रयोगका लागि त्यहाँको औषधि नियामक निकायले अनुमति दिएको बीबीसीले जनाएको छ ।

आर–फार्म कम्पनीले बनाएको उक्त औषधि आगामी हप्ता रुसका बजारमा उपलब्ध हुने जानकारी शुक्रबार कम्पनीले दिएको छ । यसअघि मेमा रुसमा एक अर्काे औषधि एभिफाभिर नामको औषधिलाई कोरोना संक्रमितमा प्रयोगका लागि अनुमति दिइएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी दुवै औषधि जापामा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित छन् । फेभिपिरभिर एक एन्टिभाइरल औषधि हो, जुन जापानमा फ्लु र भाइरस संक्रमणको उपचारमा प्रयोग गरिन्छ ।

आर–फार्मा कम्पनीका अनुसार १६८ जनामा तेस्रो चरणको क्लिनिकल परीक्षणपछि कोरोनाभिर औषधिले अनुमति पाएको हो । रुस सरकारको एक रिपोर्टअनुसार यसअघि कोरोनाभिर गत जुलाईमा अस्पतालमा भर्ना भएका बिरामीमा प्रयोगका लागि अनुमति प्राप्त भएको थियो ।

जानकारका अनुसार रुस कोरोनाविरुद्धका खोप एवं औषधि विकासको दौडमा विश्वकै पहिलो हुन चाहन्छ । यसअघि रुसले कोरोनाविरुद्ध स्पुतनिक–५ बनाइसकेको छ । जुन खोपलाई अन्य देशमा पनि प्रयोगका लागि अनुमति दिलाउने प्रयास उसले गरिरेहको छ । रुसमा बनेको खोप भारतमा ल्याउने तयारी पनि भइरहेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७