बाँकेमा प्लाज्मा थेरापी गरिएका एक कोरोना संक्रमितको मृत्यु


४ आश्विन २०७७, आईतवार
veri hospital

बाँके, ४ असोज । बाँकेमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक कोरोना संक्रमितको ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।

गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो ।

तर गए राति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७